इन्द्रेणी संवाददाता
दाङ, २३ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरसहित २१ जनामा कारोना संक्रमण देखिएपछि एक साताका लागि उपमहानगरपालिका बन्द गरिएको छ ।

tulsipur nagarpalikaविहीबार मेयर घनश्याम पाण्डेसहित २१ जनामा कोरोना पुष्टि भएपछि असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाको काम बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपत्कालिन बैठकले असोज २९ गतेसम्मका लागि आपत्कालिन बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरमा दमकल, फोहर व्यवस्थापन, स्वास्थ्य, प्रशासन बाहेकका सेवा बन्द हुने उपमहानगरका कोभिड फोकलपर्सन विमल केसीले बताए । संक्रमण हुनेमा वडा नम्बर २ का २ जना, ५ र ६ का २÷२ जना, वडा नम्बर ७ का ३ जना र ८ का ४ जना रहेका छन् । त्यसैगरी वडा नम्बर ९ का १ जना, वडा नम्बर १२ का ६ जना र १५ का एक जना रहेका छन् ।