इन्द्रेणी संवाददाता
सल्यान, २३ असोज । कपुरकोट गाउँपालिकाले दुई जना स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिका स्तरिय वार्षिक समिक्षाको अवसरमा विहिबार उत्कृष्ट स्वास्थय सेवा प्रवाह गर्ने दुई जना स्वास्थयकर्मी सम्मानित भएका हुन् ।
गर्पा स्वास्थ्य चौकीमा कार्यरत अनमी गिता रिजाल र रिम स्वास्थ्य चौकीमा कार्यरत अहेब टिकाराम न्यौपानेलाई जनही तीन हजार रुपैयाँ र सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको स्वास्थय संयोजक अरुण दाहालले जानकारि दिए । स्वास्थ्य सुसाशन एवम् गुणस्तर सुनिश्चितता तथा अनुगमन समितिको निर्णय अनुसार सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले गुणस्तरिय र जनमुखी स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो गाउँपालिकाको उद्देश्य रहेको बताए । उनले पछील्लो समय स्वास्थय क्षेत्रको पूर्वाधार तथा जनशक्ति ब्यवस्थापनमा लगानी गरिएको जनाउँदै यसले विस्तारै राम्रो प्रतिफल दिदै गएकोमा खुसी ब्यक्त गरे । आगामी दिनहरुमा अन्य उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाइ पनि सम्मान गरिने अध्यक्ष सेनले बताए ।











