इन्द्रेणी संवाददाता
दाङ, २३ असोज । दाङ प्रहरीले जुत्तामा सुन लुकाएर अबैध सुनको कोरोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २५ वर्षिय सुवाश श्रेष्ठ, घोराही १४ का सम्मानकुमार श्रेष्ठ र अपर्वथैव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विहीबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नं. ९ अमिलियामा पश्चिमतर्फ जाँदै गरेको सुवाश श्रेष्ठले चलाएको प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको कारलाई चेकजाँच गर्दा सम्मान श्रेष्ठको दाँया र वायाँ खुट्टा लुकाइ राखेको अवस्थामा ५००/५०० ग्राम गरी एक किलो र गाडीमा सवार अपुर्वथैव श्रेष्ठ सुनको सिक्री पक्राउ बरावद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
उनीहरुबाट जम्मा १ किलो २ तोलय ३ दशमलव ०३ आना अबैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ । साथै ती व्यक्तिहरुबाट केही नगद पनि बरामद गरिएको छ । अबैध सुनसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











