इन्द्रेणी संवाददाता
काठमाडौं, २१ असोज। हास्यव्यङ्गय कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण भएको छ । आफूहरुलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी कलाकार आचार्यले समाजिक सञ्जाल फेसबुकमार्फत् गराएका छन् ।
सामान्य लक्षण देखिएकाले पिसीआर परीक्षण गराउँदा मगंलबार पोजेटिभ रिपोर्ट आएको आचार्यले जनाएका छन् । कलाकार आचार्यले आफूसँग सम्पर्कमा आएका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन अनु्रोध गरेका छन् ।











