इन्द्रेणी संवाददाता
दाङ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई केन्द्र बनाएर घोषणा भएपछि दाङमा खुसीयाली मनाइएको छ ।
सोमवार प्रदेश सभाबाट दुई तिहाइले प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी देउखुरी भालुवाङलाई पारित भएपछि जिल्लाका विभिन्न स्थानमा दिप प्रज्जवलन गरेर खुसीयाली बनाइएको हो ।
जिल्लाको सदरमुकाम घोराहीमा स्थानीयले दिप प्रज्ज्वलन गरेर खुसीयाली मनाएका हुन् ।











