इन्द्रेणी संवाददाता
घोराही, १२ असोज । कोरोना महामारीको समयमा पनि दाङमा ३ अर्ब १६ करोड राजस्व संकलन भएको छ । जिल्लाका संघ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजस्व संकलन भएको हो ।

kole-nika-dang - Copyकोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/ ७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले राजस्व संकलन गरेका हुन् । तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजस्व कार्यालयले रू।३ अर्ब १० करोड राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ ।

ती मध्ये संघ सरकारअन्तर्गत रहेका कार्यालयहरुले २ अर्ब ५४ करोड बढी राजस्व संकलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले  ६२ करोड १६ लाख राजस्व संकलन गरेका छन् ।

कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिंचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजस्व संकलन गरेका छन् । रासस