इन्द्रेणी संवाददाता
काठमाडौं, ८ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । मर्नेको संख्या पनि दिनहुँ खाली छैन । यसरी संक्रमित थपिदै जानु र मर्नेको संख्या पनि नरोकिनुले नेपालमा कोरोनाको जोखिम बढ्दैछ भन्ने सरकारको ठम्याइछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने जनाएको छ । मन्त्रालयले देशमा २५ हजार सक्रिय संक्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ४१४ छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले सक्रिय संक्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिए ।











