इन्द्रेणी संवाददाता
धादिङ, ७ असोज । धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएका छन् ।

pairoपृथ्वीराजमार्ग अन्तर्गत गजुरीमा काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुगलिनबाट काठमाण्डौका लागि छुटेको एचआर ३३–९९०१ नम्बरको भारतीय कण्टेनर पुरिएका हुन् ।

सडकमाथिबाट खसेको पहिरोमा परेर कण्टेनर पुरिएको र सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीका अनुसार गजुरी गाउँपालिका वडा नम्बर १ को गलौदीमा बिहान सडक माथिबाट खसेको पहिरोले गुडिरहेको कण्टेनर पुरिएको हो । पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं गाडी रोकिएका छन् ।