काठमाडौं, २० भदौ । कोरोना महामारीले देश थिल्थिलो भएको वेला सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।
आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो ।

_Barunविभागका अनुसार ७ हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि ६ जनासहितको उक्त टोलीलाई अनुमति प्रदान गरिएको हो । अनुमतिबापत सरकारले १८ हजार रोयल्टीसमेत प्राप्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई पनि आरोहण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त टोलीले अहिलेसम्म विभागबाट अनुमति भने पाएको छैन

कोरोनाकै कारण यस वर्षको मुख्य सिजनमै सगरमाथा आरोहण प्रभावित भयो । आरोहणका लागि विश्व चर्चित नेपालले ढिलै भए पनि यस वर्ष आरोहण अनुमति खुलाएको हो ।  ।