ललितपुर, १८ भदौ । निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ ।

machindra nathaरथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले त्यसको विरोध गरेका थिए । युवाहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा हान्न थालेपछि युवाहरुले ढुङ्गामुढा गरेका छन् ।

युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि अवस्था तनावग्रस्त छ ।