इन्द्रेणी संवाददाता
दाङ, १२ भदौ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले दाङमा एक साताका लागि लकडाउन हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज शक्रवार वसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय गरेको हो ।

118617812_968294250339434_7366605213763704230_nभदौ २१ गतेसम्म कायम रहने लकडाउनको समयमा अत्यावश्यक सवारीका साधन, उद्योग व्यवसाय वाहेक अन्य सबै बन्द रहने छन् । सो अवधिमा सरकारी राजस्व संकलन लगायतका कोरावार गर्ने गरी अनुमति प्राप्त वाहेकका अन्य बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । सञ्चालन गर्नुपरेमा सञ्चालन गर्ने समय र स्वास्थ्य मापण्ड अपनाएर मात्रै सञ्चालन गर्न पाइने छ ।

साथै यो अवधिमा जिल्लामा पीसीआर परीक्षणको दायरा बढाउने र भदौ २१ गते पछि जिल्लाको अवस्थाको विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञाको अवधि थप एक सातासम्म बढाउन सक्ने छ । जिल्लामा कोरोना संक्रमणलाई फैलना नदिनका लागि स्वास्थ्य कार्यालय दाङ र स्थानीय पालिकाहरुले समन्वय गरी परीषणको दायरा बढाउने समते बैठकले निर्णय गरेको छ ।