काठमाडौं, ११ भदौ । नेपालमा कोरोना संक्रमणबाट आज थप ६ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण पर्सामा तीन जना, बुटवलमा दुई जना र पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो ।
बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको ज्यान गएको छ ।
यस्तै कास्कीको पोखरा महानगरपालिका ११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सह(प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । यसैगरी योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ । यसैबीच गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँका ९, वाग्लुङका ८, लमजुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले बताए ।











