इन्द्रेणी संवाददाता
दाङ, ६ भदौ । माता मनकामना पोलिक्लिनिक प्रालिले दाङको हापुरेमा पनि सेवा सञ्चालनमा ल्याएको छ । प्रालिले शनिबारदेखि सेवा सञ्चालन ल्याएको हो । सेवाको औपचारिक कार्यक्रमको आयोजना गरी सरुवात गरिएको छ
माता मनकामना पोलिक्लिनिकको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले रिबन काटेर सेवा सञ्चालन गरे । हापुरे क्षेत्रमा रहेका नागरिकले सामान्य क्लिनिकमा स्वास्थ्य जाँच तथा औषधि सेवन गर्दै आएका छन् ।
सेवाको सुभारम्भ गर्दै अध्यक्ष पौडेलले स्वास्थ्य सेवा निकै जटिल क्षेत्र रहेको भन्दै पालिकाका तर्फबाट पोलिक्लिनिकसंग सहकार्य गर्न तयार रहेको बताए । प्रदेश सरकारका तर्फबाट हापुरेमा स्तरिय स्वास्थ्य सस्था सञ्चालनको तयारी रहेको जानकारी गराउँदै हंसपुर क्षेत्रमा पनि संघीय सरकारका तर्फबाट १५ सैयाको हस्पिटल सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिए ।
निजी क्षेत्रले पनि हापुरेमा लगानी गर्न खोजीरहेको भन्दै लगानीको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाएका थिए । यसक्षेत्रमा लगानीको आबश्यकता रहेको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेलले हापुरे क्षेत्रलाई सबैले भौगोलिक रुपमा ठगीएको स्थानका रुपमा चित्रण गरिदै आएको बताउँदै अब बिकासका रुपमा यसक्षेत्रलाई राज्यका हरेक क्षेत्रले समान रुपमा हेर्नुपर्ने बताएका थिए ।











