दीपक शर्मा
बर्दिया, ३ भदौ । गएको चैत ११ गते देखि देशै भरीको लकडाउन गएको साउन ७ गते अन्त्य भएसगै व्यापार व्याबसाय र निर्माण कार्यलाई निरन्तरता दिन खोजिए लगत्तै फेरि साउन २२ गतेदेखिको निषेधाज्ञाका कारण बर्दियाका व्यापार व्यवसाय , उद्योग तथा निर्माण व्यवसायीहरु नराम्रोसंग थेचिएका छन ।
करिब ४ महिना सम्म देसै भरी कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण व्यापार व्यावसाय, उद्योग तथा भौतिक निर्माण कार्य पूर्ण रुपमा ठप्प भएका कारण समस्यामा परेका व्यावसायीहरुले साउन ७ गते पछि सहज हुने अपेक्षा गरेतापनि बढदो कोेरोनाको कारण गएको साउन २२ गतेदेखि बर्दियामा निषेधाज्ञा जारी गरिएका कारण फस्टाउन लागेको सवै व्यवसाय धरासायी भएका कारण व्यापारी तथा उद्योगीहरु पलाएन हुनुपर्ने अवस्था आइसकेको व्यापारीहरुको भनाइ छ ।
कोरोना नियन्त्रण गर्नका लागि नेपाल सरकारले घोषणा गरेको ४ महिनाको लकडाउनको अवधिमा केही कमी कमजोरीका कारण साथै सही तरिकाबाट व्यवस्थापन हुन नसक्दा अहिले समस्या केही जटिल भएको तर अव कोरोनासंँग जुझदै दैनिकी चलाउनु पर्ने अवस्था आइसकेको हुदा अव फेरि कोरोनाकै नाममा जिल्ला ठप्प पार्न नहुने जुन समुदायमा कोरोना देखिएको छ ।
त्यस क्षेत्रलाई सिल गरी अन्य कामकाज तथा दैनिकी सहज तरिकाले संचालन गर्नका लागि स्थानिय तह तथा प्रशासनले भूमिका निर्वाह गर्नुपर्ने व्यापार व्यवसायीहरुको भनाइ छ । लामो समयको लकडाउन फेरि निषेधाज्ञाका काराण व्यापार व्यावसायी धरासायी भएको हुदा अव पलाएन हुनुपेर्ने अवस्था आइपरेको उद्योग बाणिज्य संघ बासगढिका अध्यक्ष रामसिंह थारुले बताए ।
व्यापारीबाट कोरोना फैलन्छ भन्ने सोच मात्र राखेमा समस्या जटिल हुने हुदा सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्वन्धि मापदण्ड पालना गरी दैनिक व्यापार व्यवसाय संचालन गर्न र निषेधाज्ञा अवधिभर केही समयका लागी व्यापार व्यवसाय संचालन गर्नका लागि बातावरण सृजना हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाईएको उद्योग वाणिज्य संघ जिल्ला समन्वय समितिका अध्यक्ष विर चौधरीले बताए ।
विकास निर्माणका अधिकास काम ठप्प भएको तथा भौतिक संरचना निर्माणका लागी आवश्यक पर्ने सामग्री बर्दियामा नपाइने भएका कारण बाहिरबाट ल्याउनुपर्ने तर अहिले यो अवस्था सहज नभएको हुदा समयमै काम सक्नु पर्ने सम्झौता तथा दवावले गर्दा निर्माण व्यवसायीहरु ओरालो लागी रहेको अवस्था रहेको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताए ।
विश्वमा देखिएको कोरोना भाइरस कोभिड १९ नेपालमा समेत महामारीका रुप लिदै गइरहेको हुदा नेपाल सरकारले कोरोना भाइरसलाई समुदायमा फैलिन नदिन र न्युनिकरणका लागी विभिन्न किसिमका उपाएहरु अपनाइरहेको बेला अहिले निषेधाज्ञा जारी रहेको हुदा यसलाई सहज रुपमा लिन र कोरोना महामारीको यो अवस्थामा एकजुट भएर लडनु पर्ने बेला आएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।











