इन्द्रेणी संवाददाता
सल्यान, ३ भदौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सल्यानको कपुरकोट गाउँपालिकाले नजिकिदै गएको हरितालिका तीज पर्वमा गरिने विभिन्न सामुहिक क्रियाकलापमा प्रतिवन्ध लगाएको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै यस पटकको तीज पर्वमा रमझम नगर्न गाउँपालिकावासीहरुमा अनुरोध गरेको हो । तीजका अवसरमा आयोजना गरिने दर कार्यक्रम, मन्दिरमा गएर पूजापाठ गर्ने, पिङ खेल्ने, जमघट भएर नाचगान गर्ने जस्ता गतिविधिमा प्रतिवन्ध लगाइएको गाउँपालिकाका प्रवक्ता यम कुमार वस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीको संवेदनशील स्थितिमा सबैलाई सजग र सचेत बन्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, सरसफाइमा ध्यान दिन, सकारात्मक सोचको विकास गर्न, सन्तुलित भोजन गर्न तथा नियमित ब्यायामसँंगै स्वस्थकर आहार र ब्यवहारमा सतर्कता अपनाउन अपिल कपुरकोट गाउँपालिकाले अनुरोध गरेको छ ।











