इन्द्रेणी संवाददाता
प्यूठान,२ भदौ । जंगली च्याउ खाँदा प्यूठानमा दुई जनाको ज्यान गएको छ ।

cheuनौबहिनी गाउँपालिका वडा नं. ६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका दुई छोरा १३ वर्षिय सुगम घर्ती र १५ वर्षिय सुरेश घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा विष्णु घर्ती र उनकी श्रीमती लीला घर्ती र १७ वर्षिय छोरा शशी घर्ती विरामी परेका छन् । उनीहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । विरामी तीनै जनाको अवस्था सामान्य भएको बताइएको छ ।