सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रवार विहान गएको पहिरोमा परी हराएका १६ जनाकोे शव फेला परेको छ । उनीहरुको सनाखत समेत भइसकेको छ ।

ppजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टीकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिति दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो ।

त्यस्तै आज थप चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । १६ वर्षिय माईला पराङ, ३७ की मेकमाई, १९ की च्यामा, ७ की विमला र सात महिनाको कविर दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परेका २३ जना अझे वेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।