काठमाडौंँ, ३० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विवादको समाधानका गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

CPN-Party-officeकार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको नेकपाका एक नेताले बताए ।