इन्द्रेणी संवाददाता
दाङ,२४ साउन । इन्द्रेणी अनलाइनकर्मी शान्त कुमार बुढा मगर पुरष्कृत भएका छन् । इन्द्रेणी अनलाइनमा स्थापनाकाल देखि कार्यरत पत्रकार मगरलाई प्रेस संगठन नेपाल दाङ शाखाले स्थापना गरेको पत्रकारिता प्रोत्साहन पुरस्कार २०७७ बाट पुरष्कृत गरिएको हो ।
पत्रकार मगरलाई प्रगतिशील साहित्यकार तथा पत्रकार महान शहीद दवंगत कृष्णसेन इच्छुकको स्मृतिमा शनिबार दाङको घोराहीमा आयोजना गरिएको कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराद्वारा पुरष्कृत गरिएको हो ।
बिगत पाँच बर्षदेखि पत्रकारितामा क्रियाशील मगरलाई पत्रकारिता क्षेत्रमा क्रियाशील रही सामाजिक सशक्तीकरणका लागि सक्रियताका लागि उच्च मूल्यांकन गर्दै पत्रकारिता प्रोत्साहन पुरस्कार २०७७ बाट पुरष्कृत गरिएको आयोजकले बताएको छ । पुरष्कृत पत्रकार मगरलाई इन्द्रेणी अनलाइनको तर्फबाट हार्दिक बधाई ।











