काठमाडौँ, २३ साउन । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको निधन भएको पाटन अस्पतालले जनाएको छ ।

coronaअस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार साउन १९ गते भर्ना भएका दुवै जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
मृतकमध्ये ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको हो। सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो ।

अस्पतालका अनुसार मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उनलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । निर्देशक डा. शर्माले कोरोना सङ्क्रमणको पुष्टि भएकोमा ४१ वर्षीय महिलाको आज बिहान उपचारकै क्रममा निधन भएको हो ।