काठमाडौं, २२ साउन । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकासहितका जिल्लामा आजदेखि गाडीमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।
दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा जोर-बिजोर लागू गरिएको हो । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ ।
दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ६ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । गृह मन्त्रालयकाअनुसार अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन ।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।











