इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलमा गरिएको पिसिआर परीक्षणमा गढवा गाउँपालिका वडा नं. ८ कोइलावासका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यहाँका ती ४५ वर्षका र २१ वर्षका दुबै पुरुष भारतबाट आएको बताइएको छ । उनीहरु केही दिनदेखि भारतबाट आएर क्वारेन्टाइनमा वसेको गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केलाश चौधरीले बताए ।
यसैगरी लमही ५ का एक ३८ वर्षका पुरुषमा पनि कोरोना देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ती व्यक्तिलाई कोरोना देखिएको हो । उनी दुबइबाट आएको बताइएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।











