बाँके, २० साउन बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईसहित दुई जना कर्मचारी स्रोत नखुलेको करीव ९ लाखसहित पक्राउ परेका छन् । उनीहरुलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

nikuअख्तियारको टोलीले निकुञ्ज प्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नियन्त्रणमा दिएको हो ।

स्रोत नखुलेको ३ लाख ४८ हजार रुपैयाँ नगद र र विभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजार गरी ८ आठ लाख ९८ हजार रुपैयाँसहित रुपन्देहीको सैनामैना नगरपालिका १० रुपन्देहीबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । दुबै जनालाई सोमवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।