इन्द्रेणी संवाददाता
काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।











