इन्द्रेणी संवाददाता

काठमाडौं, १५ साउन। नेपालमा बिहीवार थप २७४ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २७४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

people-killed-by-the-new-coronavirusमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको बताए । नेपालमा हाल ५ हजार २२७ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २२७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।