इन्द्रेणी संवाददाता
दाङ, १३ साउन । दाङको घोराहीस्थित गोर्खा हस्पिटल प्रालिमा कार्यरत अर्थोपेडिक डाक्टर आकाश  पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा एक दिनका लागि अस्पतालको ओपिडी सेवाशूल्क छुट गरेका छन् ।

prkasआज परेको आफ्नो जन्मदिनको अवसरमा एक दिनका लागि ओपिडीमा स्वास्थ्य चेकजाँच गराउन आउने विरामीहरुका लागि सेवाशूल्क छुट गरिएको गोर्खा अस्पतालका म्यानेजिङ डाइरेक्टर दिनेश आचार्यले बताए ।

विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा लागेका डाक्टर पोख्रेलले यसअघिका दिनहरुमा पनि गरिव तथा विपन्न वर्गका विरामीहरुलाई आफूले दिदै आएको सेवाशूल्कमा छुट गर्दै आएका छन् ।

काठमाडौं घर भइ लामो समयदेखि घोराहीको गोर्खा अस्पतालमा कार्यरत डा.पोख्रेललाई इन्द्रेणी अनलाइन परिवार जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।