इन्द्रेणी संवाददाता
काठमाडौं, १२ साउन । नेपालमा आज थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३९ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।











