काठमाण्डौ, १ साउन । बजेट भाषण, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पालिकाका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ ।

Ghus-1महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत दुई लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । यस्तै कैलालीको जानकी गाउँपालिका, दैलेखको गुराँस र डुण्डेश्वर गाउँपालिकाका उपाध्यक्षले एक लाख रुपैयाँ लिएका छन् ।