तुलसीपुर, ३१ असार । तुलसीपुर–७ को धारापानी सामुदायिक वनको कार्यालयमा ताला लगाएकोप्रति बन समितिले ध्यानाकर्षण जनाएको छ ।

bbbbb4समूहका अध्यक्ष नन्दा जिसीले आज एक विज्ञप्ति जारी गरी वन समितिले गरेका कामको चित्त नबुझे कानुनी बाटो अवलम्बन गर्नुको साटो वनको कार्यालयमा तालाबन्दी गर्नु निन्दनिय भएको बताएका छन् ।

‘वन समूहले नीति निमयसंगत रुपमा काम गरिरहँदा पनि केही सिमित व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि आफु र वनका पदाधिकारीमाथि विभिन्न आरोप लगाइएको हो , यस कार्यको घोर भत्र्सना गर्दछ’ु विज्ञप्तिमा भनिएको छ ।