काठमाण्डौ, ३१ असार । आजदेखि फेरि विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन शुरु गरेको छ । दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती सरकारले आजदेखि सुरु गर्दैछ ।
त्यसका लागि सरकारले आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ ।











