दमौली, ३० असार । तनहुँको ऋषिङ–८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो। नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्।

badiआनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेवको पनि ज्यान गएको छ।

अघिल्लो दिनदेखि पानी अविच्छिन्न परिरहेको थियो। दुई परिवार सँगै भए पनि आनबहादुरका छोराबुहारी छेउको घरमा बस्थे। खाना सँगै खाने उनीहरू आइतबार राति अबेरसम्म एकसाथ थिए। ‘पानी परेको पर्‍यै छ, कति खेर के हुने हो रु ’, भेषबहादुरको बोली सम्झिँदै काका हरिकुमारले भने, ‘आज बरु सँगै बसौं।’

केही समयअघि घरनजिकै ढिस्को खसेकाले घनघोर वर्षा हुँदा भेषबहादुरलाई चिन्ता परेको रहेछ १ ‘आज सँगै बस्नुपर्छ के हो’, भेषबहादुरले यसो भने पनि परिवारले गम्भीरतापूर्वक लिएन। ‘ऊ सधैं ठट्टा गथ्र्यो’, हरिकुमारले भने, ‘हामी दाजुभाइ एउटै घरमा बस्ने भएकाले सँगै भए पनि उनीहरू खाना खाएपछि गए।’

सुत्न जानुअघि भेषबहादुरले कोरोनासँग लड्ने भन्दै प्रतिरोध क्षमता बढाउने औषधि बाँडेका थिए। ‘बेलुका सबैले सँगै खाइयो’, भेषबहादुरको भनाइ उद्धृत गर्दै हरिकुमारले भने, ‘भोलि बाँचियो भने सबैले सँगै खाउँला।’ भेषबहादुरले सधैंझैं ठट्टा गरेका होलान् भन्ने लाग्यो अरूलाई। तर, यसो भनेर गएको केही घण्टामै सधैंका लागि विलीन भए। अन्नपूर्ण पोष्टबाट