इन्द्रेणी संवाददाता
दाङ । दाङमा पछिल्लो समयमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्ज भेरी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा दाङका पाँच जनामा कोरोना संक्रमणको प्ष्टि भएको छ ।

koronaaअस्पतालका अनुसार संक्रमित हुनेहरुमा लमही नगरपालिकाका ३ जना, तुलसीपुर उपमहानगरपालिकाका १ जना र उता पाटन अस्पतालमा गरिएको परीक्षणमा दाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै दाङमा कूल कोरोना संक्रमितको संख्या ५९२ पुगेको छ ।