इन्द्रेणी संवाददाता
दाङ, १९ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पिसिआर गरे वापत प्रतिव्यक्ति स्वाब ५ हजार ५ सयका दरले स्थानीय तहसँग रकम मागेको छ ।
प्रतिष्ठानको आम्दानी अत्यन्त न्यून भइको खर्च बढी भएकाले पहिलेको सहमति अनुसार रकम माग गरिएको प्रतिष्ठानले जनाएको छ ।
लमही नगरपालिकाभित्रका ४७१ जनाका व्यक्तिको पिसिआर गरिएको र नेपाल सरकारले तोकेको मापदण्डअनुसार प्रतिव्यक्ति ५ हजार ५ सयको दरले २५ लाख ९० हजार ५ सय रुपैयाँ मागेको छ ।
प्रतिष्ठानका कामु रनिष्टार कैलाश प्रसाद देवद्धारा हस्ताक्षर गरिएको एक पत्रमार्फत लमही नगरपालिकासँग सो रकम माग गरिएको हो । प्रतिष्ठानले कोरोना परीक्षण किट र पिसिआर मेसिन आफ्नै खर्चमा सञ्चालन गरेको बताएको छ । प्रतिष्ठानले पिसिआर गरे वापतको रकम माग्न थालेपछि चाथर्पी आलोचना हुँदै आएको छ ।











