इन्द्रेणी संवाददाता
दाङ, ८ असार । दाङमा विषालु च्याउ खाँदा पाँच जना विरामी परेका छन् ।

cheuजंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहतेखोला निबासी ६९ वर्षका सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती पुन, छोरी तुलसीपुर ५ निबासी भोला पुन, नाती ११ बर्षका विशाल पुन र १५ बर्षका ललित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

आइतवार वेलुका च्याउ पकाएर खाएर सुतेकोले कसैलाई थाहा नभएकोले सोमबार स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई बिहान ८ अस्पताल पुर्याइएको थियो । अहिले बिरामी मध्य सत्य, मैती र भोला पुनको अवस्था मध्य रहेको अस्पतालले जनाएको छ भने २ जनाको सामान्य छ ।