इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ जेठ । आज थप २७३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ ।
आज थप पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या तीब्र देखिएको छ ।











