तिर्थराज ज्ञवाली
देउखरी, २७ जेठ । गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गका लागि राप्तीको पशुसेवा शाखाले आयस्तर बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ उन्नत तथा लोकल कुखुरा वितरण गरेको छ ।
वडा नं १ देखी ८ सम्मका ६ सय ४० परिवारलाई अष्टोलोप र न्युहेम्सार जातका कुखुरा वितरण गरिएको राप्ती गाउँपालिका पशुसेवा शाखाका पशु सेवा प्राविधिक शेर बहादुर हमालले जानकारी दिए ।
प्रति किसान ५ वटाका दरले वितरण गरिएको कुखुरा वडा नं १ देखी क्रमश ८ वडा सम्म १२०, ८०, ७०, ७०, ८०, ७०, ८०, ७० घर परिवारलाई वितरण गरिएको छ ।
मासु र अण्डाको लागि राम्रो मानिने अष्टोलोप र न्युहेम्सार जातका कुखुराको पालनले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गको राम्रो आम्दानीको श्रोत बन्न सक्ने उदेश्यका साथ कुखुरा वितरण गरिएको हो ।
१० हजार बढि घरधुरी रहेको राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा प्रतक्ष तथा अप्रतक्ष रुपमा सबै घरमा सेवा पुग्ने गरि कार्य गरिएको र प्रत्यक्ष लाभान्वित कृषकहरुको संख्या समेत उल्लेख्य रहेको पशुसेवा शाखाका पशु सेवा प्राविधिक शेर बहादुर हमालले बताए ।











