इन्द्रेणी संवाददाता
रुपन्दही, २७ जेठ । रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या भएको छ । तिलोत्तमा–१० मैनहियामा एक पशु फर्ममा पाँच जना कामदारको सामुहिक हत्या भएको हो ।।
हत्या गरिनेहरुमा माधव मुसहर ४० , उनकी श्रीमति जानकी मुसहर ३७ बर्ष कोषराज मुसहर, १४ ,करन चौधरी १७ र आशिष चौधरी १७ रहेका छन् ।
त्यहाँको गंगादेवी पशु फार्मका एक कामदारले सोही फर्ममा कार्यरत ५ जनालाई गए राति कोदालो प्रहार गरेका हुन् । हत्या भएकाहरुको घाँटीमा धेरै चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंकामा सुर्खेतका लगभग ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।











