इन्द्रेणी संवाददाता
काठमाडौं, २६ जेठ । नेपालमा विस्तारै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दैछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

death-child_n2Gm2H2Y46आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोसंख्या १४ पुगेको छ ।