काठमाडौँ, २३ जेठ । युएइबाट १६८ जना नेपाली स्वदेश फर्किएका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाज नेपाल आएको हो ।
उक्त विमान आज शुक्रवार त्रिभुवन विमानस्थलमा विमान साँझ ५ः३८ ल्याण्ड गरेको हो । नेपाल सरकारले आजदेखि तस्रो मुलुकबाट आफ्ना नागरिक ल्याउन शुरु गरेको छ । यसरी फर्किएका नागरिकहरु केही दिन राजधानीमै निर्माण गरिएका होल्डिगं सेन्टरमा होल्ड हुने छन् ।











