काठमाण्डौ, १५ जेठ । वरिष्ठ गीतकार रत्न शमशेर थापाको आज निधन भएको छ । थापाको उपचारको क्रममा आज नर्भिक अस्पतालमा निधन भएको हो ।

sreeनशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न सुरु गर्नु भएका थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका छन् ।