दाङ, ८ जेठ । दाङ खबर डटकमले आफ्ना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिदै गएको समयमा जोखिमका बीचबाट सूचना सम्प्रेशन गर्ने सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको सम्पादक टीका बस्नेतले जानकारी दिएका छन् ।
कोरोनाको जोखिम मोलेर कार्यरत सञ्चारकर्मी र कर्मचारीको मनोवल बढाउन एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट १ लाखको कोरोना बीमा गरेको सम्पादक बस्नेतले जानकारी दिए ।
‘कोरोना भाइरसको महामारीको समयमा नागरिकहरुलाई सूचना सम्प्रेशन गरिरहेका सञ्चारकर्मीहरुलाई मनाबल बढाउन १ लाखको कोरोना बीमा गरेका छौं’, सम्पादक बस्नेतले भने, ‘बीमाले कर्मचारीहरुलाई कामप्रति उत्तरदायी बनाउन मद्दत पुग्ने अपेक्षा गरेका छौं ।’
एभरेष्ट इन्स्योरेन्स घोराही शाखाले कोरोना बीमा गर्न आउने व्यक्ति तथा संस्थाहरुको संख्या बढ्दै गएको जानकारी दिएको छ । शाखा प्रमुख डा. लोकराज पराजुलीले हरेक कोरोना बीमा गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको जानकारी दिए ।











