इन्द्रेणी संवाददाता

काठमाडौं, ८ जेठ । नेपालमा आज नौ जना कोरोना संक्रमितको संख्या थपिएको छ ।

koronaaरुपन्देहीमा १ र झापामा ८ जना पुरूष गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनद्धारा जानकारी दिएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ। अहिलेसम्म ४९ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ जनको मृत्यु भएको छ ।