इन्द्रेणी संवाददाता
रौतहट, १६ बैशाख । रौतहटमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

eeeजनकपुरमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।