काठमाण्डौ, ७ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।
विश्वभरी २३ लाख २५ हजार ३ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९६ हजारभन्दा धेरै निको भएका छन् ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । ७ लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
नेपालमा पनि कोरोना संक्रमतिको संख्या ३१ पुगेको छ ।











