काठमाडौं, २ चैत । नेपाली बजारमा सुनको मूल्य विगत केही दिन अघिको तुलनामा आइतवार घटेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला १ ह्जार ५०० ले घटेर ७७ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Gold Shopगत शुक्रवार सुनको मूल्य प्रतितोला ७८ हजार ५०० मा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि प्रतितोला रू।१ हजार ५०० ले घटेर ७६ हजार ७०० मा कारोबार भइरहेको छ ।

आइतवार चाँदीको मूल्य भने ३० ले घटेर रू। ७९० मा कारोबार भइरहेको छ । गत बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८१ हजार ५०० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य घटबढ भइरहेको महासंघले जनाएको छ ।