तिर्थराज ज्ञवाली
देउखुरी, २९ फागुन । राप्ती गाउँपालिका तथा नेपाल अधिराज्य भरि सन् २०२३ सम्ममा पोलियो, दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यका साथ विहिवार देखी राप्ती गाउँपालिका क्षेत्रका बालबालिका लाई पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान सुरु गरिएको छ ।

IMG_9058राप्ती गाउँपालिका स्वास्थ्य शाखाको अगुवाईमा राप्ती क्षेत्रका २४ खोप केन्द्रबाट खोप सेवा दिएर खोप लगाउन सुरु गरिएको खोप अभियानको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रबक्ता विद्याशरण चौधरीले कुनैपनि ५ वर्ष मुनिका बालबालिका खोपबाट बन्चित नहुने गरि सबै जनाले सबैलाई सुचित गर्न अनुरोध गरे ।

प्रबक्ता विद्याशरण चौधरीले वडा नं ३ र ७ का खोप केन्द्रबाट खोप अभियानको सुभारम्भ गर्दै ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई दादुरा तथा रुबेला खोप र जन्मे देखीका ५ वर्ष सम्मको सबै लाई पोलियो थोपा लगाउनुपर्नेमा जोड दिए ।