बारा, २५ फागुन । बाराका पत्रकार वीरेन्द्र साहको हत्यारामा संलग्न व्यक्ति १२ बर्षपछि पक्राउ परेका छन् । साविक गाविस–गडहल हाल बारागढी गाउँपालिका ६ गडहलटोलका कुन्दन फौजदारलाई बारा प्रहरीले उनकै निवासमा सुतिरहेको अवस्थामा पक्राउ
गरेको हो ।
प्रहरीले घेराहाली आइतबार राती २ बजे पक्राउ गरेको जनाएको छ । फौजदारलाई नियन्त्रणमा लिनु भन्दा अगाडी प्रहरीलाई देखेर स्थानीयहरुले उनलाई भगाउन प्रयासगर्दा चार राउन्ड हवाई फायर गर्नु परेको प्रहरीलेजनाएको छ ।
पत्रकार साहलाई तत्कालिन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेर हत्या गरेका थिए ।











