इन्द्रेणी संवाददाता
दाङ, १५ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरालाई तुलसीपुरमा भव्य स्वागत गरिएको छ ।

Msirसंसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती गर्न खोजेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएपछि दाङ आएका महरालाई उनका समर्थक एवं सुवेच्छुकहरुले स्वागत गरेका हुन् ।

उनलाई अविर र मालाले स्वागत गरिएको थियो । केही दिनदेखि महरा दाडमा विभिन्न व्यक्ति तथा मतदाताहरुसँग भेटघाटमा व्यस्त छन् ।