काठमडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले निर्दाेष ठहर गर्दै पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि उनी डिल्लीबजारस्थित सदरखोर कारागारबाट छ्टदैछन् ।
सफाइ लगतै रिहाइको प्रक्रिया पूरा गर्न पूर्व सभामुख कृष्णबहादुर महरालाई सदर खोर डिल्लीबजार लगिएको छ । उनको काननु प्रक्रिया पूरा गर्न केही बेर लाग्ने महरा सभामुख हुँदा प्रेस संयोजक जिम्मेवारीमा रहेका डिल्ली मल्लले जानकारी दिए । अदालतले सफाइ दिएपछि महराले सबैलाई मौन अविवादन गरेका थिए ।











