तुलसीपुर ५ फागुन । सम्राट ईङलिस वोर्डिङ स्कुल तसलसीपुर ३ दमारगाउमा साईवर क्राईम, बालविवाह तथा लागू औषध दुर्व्यसन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

IMG_20200217_140057विद्यालयको आयोजना तथा अस्थाई प्रहरी चौकी वेलुवाको समन्वयमा समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत कार्यक्रम भएको हो ।

सो अवसरमा फेसवुक लगायत सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु , वालविवाह गर्दा हुने हाने , लागू औषधबाट हुने वेफादा लगायताका विषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक कृष्ण पुजाराले प्रशिक्षण दिएका थिए ।

सो अवसरमा अस्थायी प्रहरी चौकि वेलुवाका प्रहरी सहायक निरिक्षक प्रदिप कुमार खडका , विद्यालयका सह प्रिन्सिपल खिम प्रसाद भट्टराई लगायतकाले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागी थिए ।